काठमाडौँ, १० साउन–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक साउन १४ गते सोमबारसम्मका निम्ति स्थगित भएको छ।
आज (बिहिबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बसेको केन्द्रीय कमिटी बैठक यहि साउन १४ गते पुनः बस्नेगरी स्थगित भएको हो ।
पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता गर्नेबारे बनाइएको मापदण्डका बारेमा छलफल भएको थियो।
