डा.भीम रावल

काठमाडौँ, १४ साउन–नेकपा (एमाले) का नेता डा.भीम रावलले कांग्रेस र एमाले राजनीतिक स्थायित्वको लागि मिलेको भन्नुको कुनै अर्थ नभएको टिप्पणी गर्नुभएको छ।

पुष्पलालको जन्मशताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बाँकी तीन वर्ष पनि ओली र देउवाबीच आलोपालो सरकार चलाउने भनेपछि राजनीतिक स्थायित्वको कुरा गर्नु व्यर्थ हुने बताउनुभयो।

नेता रावलले भन्नुभयो, ‘एमाले कांग्रेससँग मिलेर सरकारमा छ, मैले सुन्छु हामी राजनीतिक स्थायित्वको लागि गएका हौँ। सात बुँदे सहमतिमा हेर बाँकी तीन वर्ष हाम्रै अध्यक्ष नै प्रधानमन्त्री हुने रहेछ कि भनेर, उहाँहरुले प्रधानमन्त्री फेरिरहने कुराले हामीले विकास गर्न सकेनौं, त्यसैले सरकारलाई स्थायित्व भनिएको छ। दुई बर्ष ओली, डेढ बर्ष कांग्रेसले सरकार चलाउने, चुनावी सरकारको नेतृत्व गर्ने भनेपछि कहाँ छ राजनीतिक स्थायित्वको कुरा। पहिला प्रचण्डसँग पनि त्यस्तै सहमति भएको थियो।’

रावलले अगाडि भन्नुभयो, ‘कुर्सी अलिकति हल्लियो भने, दिल्लीमा गएर सम्झौता गर्नुपर्ने हो कि, या कुनै व्यापारीको घरमा राति १२ बजे वार्ता गर्नुपर्ने कुनै रेखा छैन।’ विपरित सिद्धान्त भएका राजनीतिक दलहरु मिलेर चुनाव लडेकोप्रति असन्तुष्टि जनाउनुभयो।

नेता रावलले भन्नुभयो, ‘विपरित राजनीतिक दलका मानिसहरुलाई चुनावमा बोक्दा घोषणा पत्र र संविधानको कार्यान्वयन भयो त रु म एमालेको केन्द्रीय कमिटीमा छँदाखेरी बुझाएकै देख्थे। तर, मैले देखे नेकपा एमाले जिन्दावाद, भोट केमा हलो। मैले बुझ्नै सकिन यो राजनीति, यहाँ एकीकृत समाजवादीका नेताहरु धेरै हुनुहन्छ अन्यथा नलिनुहोला, निर्वाचनको बेलामा नेपाली कांग्रेस जिन्दावाद, भोट केमा कलममारु बझुनै सकिनँ। तपाईंहरु नीति र सिद्धान्त प्रधान भन्नुहुन्थ्यो यही हो।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *