काठमाडौं, १४ साउन–सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हेरफेर गरेको छ । आज (सोमबार) साँझ बसेको मन्त्रीपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो ।

बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएको एक मन्त्रीले जानकारी दिए ।

यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् । साथै राजदूत नियुक्ति र सचिव सरूवाका विषयमा पनि निर्णय भएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *