मोरङ, १६ साउन–लागूऔषध सहित पाँच जना पक्राउ परेका छन्। मोरङ, विराटनगर-१७ मटेरूवाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्रामसहित सुन्दरहरैचा नगरपालिका-३ बस्ने ३२ वर्षीय मनोज कटुवाल र ३२ वर्षीय अम्बिर यक्सो लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा।९८ प ४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

झापा, झापा गाउँपालिका(१ सालमाराबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्रामसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दमक नगरपालिका(१२ बस्ने २६ वर्षीय मनिष थापा, २२ वर्षीय रिकाश बस्नेत र १९ वर्षीय रोमित कट्वाल रहेका छन्। इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *