दमक, १६ साउन–झापाको दमकमा आज (बुधबार) ब्याग तथा कस्मेटिक व्यवसायीहरु संगठीत भएका छन् । व्याग तथा कस्मेटिकह व्यवसायीहरुको भेलाले ९ सदस्यीय व्याग कस्मेटिक व्यवसायी बस्तुगत संघ दमक नगर समिति गठन गरेका हुन् ।

नवगठित कार्यसमितिको अध्यक्षमा भूमिप्रसाद बाँस्कोटा, उपाध्यक्षमा पुष्प बिष्ट, सचिवमा देबेन्द्र बराल, सहसचिवमा सुनिल बस्नेत, कोषाध्यक्षमा राजेश शाही र सदस्यहरुमा राजु सिटौला, हिरादेवी उप्रेती, बिरेन्द्र शर्मा र प्रदिप भण्डारी चुनिएका छन् ।

सोहि भेलाले भरत चुडालको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको जनाईएको छ । गठित सल्लाहकार समितिको सदस्यहरुमा टिकाराम खतिवडा, कृष्णराज दाहाल, बल्लभ साप्कोटा, बिष्णु भट्टराई लगायत रहेका छन् ।

व्याग तथा कस्मेटिक व्यवसायीहरुको पेशागत हकहितका लागि संस्थाले काम गर्ने नवगठित व्याग कस्मेटिक व्यवसायी बस्तुगत संघ दमक नगर समितिका अध्यक्ष बाँस्कोटाले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *