काठमाडौं, १९ साउन–काभा महिला नेशन्स भलिबल लिगमा नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ।

दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार भएको खेलमा नेपालले पहिलोपटक भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल ३–२ को सेटमा विजयी भयो।

पहिलो सेट २५–१८ ले जितेको नेपालले दोस्रो खेल १२–२५ ले गुमाउन पुगेको थियो। तेस्रो सेटमा २५–१७ ले विजयी भएको नेपालले चौथो सेटमा १८–२५ ले गुमाएको थियो। अन्तिम सेट नेपालले १५–१३ ले आफ्नो पक्षमा पार्न सफल भयो।

पहिलो खेलमा श्रीलंकाविरुद्ध जित निकालेको नेपालले शनिबारको लगातार दोस्रो जितसँगै २ अंक थप्न सफल भएको छ। उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

लगातार दुई खेल जितेको भारतको अपराजित यात्रामा नेपालले ब्रेक लगाइदिएको छ।

पहिलो खेलमा इरानलाई पराजित गरेको भारतले शुक्रबार माल्दिभ्सविरुद्ध प्रभावशाली जित निकालेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *