पत्रकार रामकुमार एलन

काठमाडौँ, २८ साउन–जनता प्रसारण तथा प्रकाशन लिमिटेडले जनता टेलिभिजनको समाचार प्रमुखमा पत्रकार रामकुमार एलनलाई नियुक्त गरेको छ।

समाजवादी प्रेस संगठन, नेपालका महासचिव समेत रहनु भएका पत्रकार एलनलाई जनता टेलिभिजनको समाचार समाचार प्रमुखमा नियुक्त गरिएको हो।

जनता टेलिभिजनको सभाहलमा आइतबार आयोजित एक कार्यक्रममा जनता टेलिभिजनका अध्यक्ष डा.विजय पौडेल र प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले उहाँलाई समाचार प्रमुखको रुपमा स्वागत गर्नुभयो।

टेलिभिजनका समाचार प्रमुख टंक पन्तलाई व्यवस्थापनले समाचार निर्देशकमा बढुवा गरेको छ। यसैगरी, व्यवस्थापनले ब्रोडकास्टिङ म्यानेजरमा पत्रकार केशव जोशीलाई नियुक्त गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *