दमक, २८ साउन–दमक–५ को भित्री सडक खण्ड बानेश्वर हाईटबाट आज (सोमबार) बिहान करिब ४ बजे पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्पेशल मेड इन इटली अटो मिसाइल लेखिएको 7657 Round No 02 पेस्तोलसहित एक युवक पक्राउ परेका हुन् । पक्राउ हुनेमा दमक–८ का ३६ बर्षिय सञ्जीब गजमेर हुन् ।
को.३८ प.५६४९ नम्बरको स्कुटरका अगाडी चावी लगाउने भागको तल सामान राख्ने ठाउँमा लुकाएर राखेको अवस्थामा पेस्तोलसहित गजमेरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पेस्तोलसहित पक्राउ परेका गजमेरले लगाएको जिन्स पाइन्टको पछाडीको गोजीबाट दुई वटा म्याग्जिन समेत बरामद भएको प्रहरीले जनाएको छ ।
