दमक, २८ साउन–दमक–६ मा मुख्य कार्यालय रहेको मेची बहुउद्धेश्यीय सहकारी संस्थाले २८औं बार्षिक साधारणसभा तथा ३०औं बार्षिकोत्सवमा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ । आज (सोमबार) दमकस्थित मेची बहुउदेश्यीय सहकारी संस्थाले पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरेर वार्षिक साधारणसभा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको हो ।

आज (सोमबार) देखि संस्थाले विभिन्न इकाईगत साधारणसभा सम्पन्न गरि भदौ १२ गते प्रमाणीकरण सभागरि समापन गरिने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

संस्थाले अघिल्ला बर्षहरु जस्तै साउन २८ गते साधारण सभा शुरु हुनु अगावै संस्थाको सभाहलमा पत्रकार सम्मेलन गरेर सभाका मुल बिषयहरुबारे जानकारी गराएको हो । सम्मेलनमा साधारण सभा कार्यक्रम र यसबर्ष संस्थाले लिएको नीति, कार्यक्रमहरुबारे जानकारी गराएको हो ।

संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले यसबर्ष मोरङको सुन्दरहरैँचामा सेवा केन्द्र विस्तार गर्ने, कमल–७ स्थित इन्द्रेणी बहुउद्धेश्यीय सहकारी संस्थासँग एकीकरण, मेची सहकारी आवास २ सम्बन्धिको परियोजना सञ्चालन लगायतका प्रस्ताव शेयर सदस्यहरु माझ साधारण सभा मार्फत लगिनजानकारी दिए ।

संस्थाले १२ वटै सेवा केन्द्रहरुमा आगामी भाद्र १२ गते सम्ममा इकाइगत साधारणसभा गरि समापन गर्ने कार्यक्रम रहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

संस्थाको सञ्चार उपसमितिद्धारा आयोजित पत्रकार सम्मेलनमा संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले संस्थाले आर्थिक बर्ष २०८०÷ ०८१ मा कूल ३ अर्ब ८७ करोड, ८६ लाखको वासलात तयार भएको जानकारी दिँदै शेयर पुँजी ३७ करोड १८ लाख , विभिन्न कोषहरुमा ३४ करोड, ८४ लाख रुपैयाँ जम्मा भएको जानकारी दिए ।

पत्रकार सम्मेलन सञ्चार उपसमितिका संयोजक नरपति पाण्डेको अध्यक्षता तथा वरिष्ठ उपाध्यक्ष पदम थापाले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष रोमनाथ ओली लगायतका पदाधिकारी ,सदस्यहरु तथा सञ्चालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसैगरि, सोमबारनै साधारणसभाको पूर्वनिर्धारित कार्यक्रम अनुसार दमक १, २, ५, ६, ७ र ८ वडाका सदस्यहरुलाई लक्षित गरि इकाईस्तरको साधारणसभा गरेको थियो । स्थानीय अर्गानिक सव्जीमण्डीको सभाहलमा सम्पन्न सो सभामा संस्थाले तयार पारेको प्रतिवेदन प्रस्तुत गरिनुका साथैं उत्कृष्ठ सदस्यहरुलाई पुरस्कृत गरिएको संस्थाका सचिव राजेन्द्र प्रसाद दाहालले दिए ।

संस्थाले विभिन्न कर मार्फत यसवर्ष सरकारलाई ३ करोड २१ लाख ९ हजार ५६२ रुपैया तिरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेका अनुसार जिल्ला भित्रका सहकारीहरु मध्ये मेचीले अघिल्ला वर्षझै यसवर्ष पनि धेरै कर बुझाएको हो । जसअनुसार कर्मचारीको पारिश्रमिकक वापत ८ लाख १३ हजार ५ सय ४०, व्याजकर वापत १ करोड ३९ लाख २७ हजार ४८ रुपैया, आयकर वापत १ करोड ८८ लाख ४ हजार ९ सय १४ रुपैया कर बुझाएको उनले जनाएका छन् ।

संस्थाले साधारणसभाका अवसरमा बर्षेनी वितरण गरिआएका दुई पत्रकारिता पुरस्कारबाट साझा मञ्च अनलाइनका सम्पादक गोपाल काफले र दमकका सुदिप अधिकारीलाई पुरस्कृत गरिने घोषणा गरेका छन् ।

काफ्लेलाई संस्थाका पूर्वअध्यक्ष गणेशप्रसाद बस्नेतको स्मृतिमा स्थापित गणेशप्रसाद बस्नेत पत्रकारिता पुरस्कार र अधिकारीलाई मेची सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिने जनाएको हो । उनीहरुसहित गणेशप्रसाद बस्नेत उत्कृष्ठ सहकारी अभियान्ता पुरस्कारबाट यसवर्ष भने नेफ्स्कुनका पूर्व अध्यक्ष ऋषिराज घिमीरेलाई प्रदान गरिने निर्णय भएको अध्यक्ष भटटराईले जनाएका छन् । नगद तथा प्रमाणपत्रसहित वितरण गरिने पुरस्कार संस्थाको प्रमाणीकरण सभाका अवसरमा पुरस्कृत गरिने जनाएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *