काठमाडौँ, ३२ साउन–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कुनै पनि पार्टीसँग अहिलेको अवस्थामा पार्टी एकता नगर्ने भएको छ।
एकीकृत समाजवादी पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टी एकताबारे कुनै पनि पार्टीसङ्ग कुरा नचलेको जानकारी दिनुभएको छ। बिहिबार उहाँले पार्टीको अफिसियल मिडिया ग्रुपमार्फत उक्त जानकारी दिनु भएको हो ।
उहाँले कम्युनिष्ट पार्टीहरूकोबीचमा समसामयिक राजनीतिक परिस्थितिका विविध पक्षहररूमाथि समीक्षा गर्न भने छलफल चालिरहेको बताउनु भएको छ।
खतिवडाले समाजवादी मोर्चाका गतिविधि बढाइ वामपन्थीहररूको बीचमा न्यूनतम सहकार्य बढाउन पहल गर्ने एकीकृत समाजवादीको नीति रहेको स्पष्ट पार्नुभएको हो।
उहाँले भन्नुभयो, ‘अहिले त्यो भन्दा बढि केही कुरा चलेको छैन। सबै राजनीतिक दलका आ(आफ्ना कार्यनीति हुन्छन्। त्यसमा हामी बहकिन हुँदैन। हामीले आफ्नो पार्टी सबल बनाउने दिशा समाउने हो।
कम्युनिष्ट पार्टीको सबै झण्डा उस्तै हो। त्यो साझा छ। कलम चुनाब चिन्ह हाम्रो विषेश परिचय हो। यो परिचयलाइ मेट्ने गरी पार्टिले कुनै काम गर्दैन।’

