क्याम्पा बजार (कमल) २ भदौं–झापाको कमल–२ मा सञ्चालन हुँदै आएको ‘विद्यालय स्वास्थ्य परिक्षण कार्यक्रम’ लाई यस बर्ष पनि निरन्तरता दिइएको छ ।

कमल गाउँपालिका वडा नं। २ बाट विद्यालयहरुमा मासिक रुपमा संचालित बिद्यार्थीहरुलाई लक्षित “स्वास्थ्य जाँच परिक्षण कार्यक्रम” यस आ।व।२०८१/८२ मा पनि निरन्तरता पाएको हो ।

२०७९ मा स्थानीय तहको निर्वाचनमा निर्वाचित कमल–०२ वडाका नव जनप्रतिनिधीहरुद्धारा प्रत्येक महिना सञ्चालनमा रहेको बिद्यालय स्वास्थ्य जाँच कार्यक्रम यस बर्ष पनि श्रावण महिना देखि नै सुरु गरिएको वडा अध्यक्ष अशोक सुब्बाले जानकारी दिए ।

जस अनुसार २०८१ श्रावण २८ गते कमला मदन आश्रित स्मृति मा वि र पाथीभरा इङ्लिस बोर्डिङ स्कुलमा बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । साथै, श्रावण २९ गते नबोदय माद्यमिक विद्या मन्दिर र महेन्द्र रत्न मा। वि। मा र श्रावण ३१ गते इन्द्र लोहनी बोर्डिङ स्कुल र ज्योति माध्यमिक विद्यालयमा बिद्यार्थीहरुको जाँच परिक्षण उपचार कार्यक्रम सञ्चालन गरिएको वडाले जनाएको छ ।

कार्यक्रमलाई प्राविधिक सहयोग प्रदान गरिरहेको कमल नगर अस्पतालका सि अ हे व अधिकृत छैटौं अमृत सुब्बा र जनस्वास्थ्य निरिक्षक दिपक प्रसाद दहालले बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरेका छन ।

ति कार्यक्रममा सहजिकरण कमल–२ की वडा सदस्य सम्झना रणपहेली र महेन्द्र खत्रीले गरेका छन् ।

कमल–०२ का समुदायिक र संस्थागत सबै ६ वटै विद्यालयमा प्रत्येक महिना संचालित यस कार्यक्रम वाट २४० जना बिद्यार्थीहरुको स्वास्थ्य जाँच गरिएको र आवश्यक औषधी तथा परामर्श दिएको वडा सदस्य कल्पना राईले जानकारी दिइन् ।

विद्यार्थीहरुमा पेट दुख्ने, टाउको दुख्ने, रुघाखोकी लाग्ने, झाडापखाला लाग्ने, दाँत किराले खाने, ज्वरो आउने, आँखा चिलाउने तथा दुख्ने अवस्था लगायतका स्वास्थ्यमा समस्या बढी देखिएको वडा सदस्य भिमसिंह कार्कीले बताए ।

वडा अध्यक्ष सुब्बाले “हरेक महिना हुने यस स्वास्थ्य परीक्षण कार्यक्रममा सहयोग गर्ने बिद्यालय व्यवस्थापन समिति परिवार, वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा शिक्षक कर्मचारीहरुप्रति धन्यवाद प्रकट गरेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *