काठमाडौं, ४ भदौं–इङ्लिस प्रिमियर लिगमा टोटनहम र लेस्टर सिटीले बराबरी गर्दै अंक बाँडेका छन्।

सोमबार राति किंग पावर स्टेडियममा भएको खेलमा लेस्टर सिटी र टोटनहमले १–१ अंक बाँडेका हुन्।

खेलको २९ औँ मिनेटमा पेड्रो पोरोको गोलमा टोटनहमले सुरुवाती अग्रता बनाएको थियो।

प्रिमियर लिगमा पूनरागमन गरेको लेष्टरका लागि जेमी भेर्डीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको ५७ औँ मिनेटमा अब्दुल फतावुको क्रसमा गोल गर्न सफल भएका थिए।

त्यसअघि खेलको ४५ औँ मिनेटमा पेड्रो पोरोले गोल गरेपनि रेफ्रिले गोलको मान्यता दिएनन्। यो खेलसँगै प्रिमियर लिगको पहिलो राउण्ड सकिएको छ।

पहिलो चरणको खेल सकिँदा ब्राइटन एण्ड होम एलबीयन शीर्ष स्थानमा छ। आर्सनल दोस्रो, लिभरपुल तेस्रो र म्यानचेष्टर सिटी चौथो स्थानमा छ। एष्टोन भिल्ला पाचौँ स्थानमा छ।

नयाँ सिजनको सुरुवातमा ८ टोलीले जित हात पार्दा चार टोलीले भने बराबरी गर्दै अंक बाँडे। प्रिमियर लिगका शीर्ष चारमा रहने टोलीले युइएफए च्याम्पियन्स लिगमा स्थान बनाउनेछन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *