सुशिला उप्रेती तिवारी

बुद्धशान्ति (बुत्रबारे), ४ भदौ–झापा बुद्धशान्ति गाउँपालिका–३ की ५५ वर्षीया सुशिला उप्रेती तिवारीले मेची–महाकाली बुलेट यात्रा गर्ने भएकी छिन् ।

छोरी–बुहारीले पनि समाजमा केही गर्न सक्षम छन् भन्ने प्रमाणित गर्न सुशिला उप्रेती तिवारीले बुलेट बाइकमा मेची–महाकाली बुलेट यात्रा गर्ने भएकी हुन् । विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको बुलेट बाइक यात्रा भदौ ५ गतेबाट शुरु भएर १५ गते समापन हुने जनाइएको छ ।

तिवारीको यात्रा बुद्धशान्ति गाउँपालिका–३ स्थित राम जानकी मन्दिरबाट नौमती बाजासहित शुरु भएर जगतगुरु जन्मस्थल हुँदै पूर्वी नाका काँकडभिट्टाबाट बिहान १० बजे सुरु हुने उनका नाति मनिस मैनालीले बताए ।

यात्रामा तिवारीका नाति मैनालीले पनि उनलाई साथ दिँदैछन् । सो यात्राका क्रममा जोकोही व्यक्तिले यथासक्य सहयोग गर्न सक्ने बताइएको छ । समाजमा छोरी–बुहारीप्रति रहेको नकारात्मक टिप्पणीलाई गलत साबित गर्न एउटा उदाहरणको रूपमा तिवारी चिनिदै आएकी छिन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *