झापा (झिलझिले), ४ भदौ–झापाको शिवसताक्षी नगरपालिकामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ ।

आज (मंगलबार) बेलुका शिवसताक्षी–८ शिवालय टोलका ४७ वर्षीय ओमप्रकाश अधिकारीले घरयासी विवादको कारण आफ्नै श्रीमती ५३ वर्षीया रञ्जना गौतम अधिकारीलाई धारिलो हतियारले खुकुरी प्रहार गरेका थिए ।

रञ्जनालाई घाँटीमा प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले खुकुरीसहित ओमप्रकाशलाई नियन्त्रणमा लिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *