काठमाडौं, १४ भदौ–हरेक वर्ष अगस्ट ३० तारिखलाई विश्वभर बलपूर्वक बेपत्ता पार्ने कार्यहरूको विरूद्धमा अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइन्छ।
यस वर्ष पनि शुक्रबार साँझ ५ बजे माइतीघर मन्डलमा दीप प्रज्ज्वलन कार्यक्रम गरी यो दिवस मनाइएको छ।
आयोजक संस्थाहरूले यही अवसरमा एक विज्ञप्ति जारी गर्दै आफ्ना भनाइ र मागहरू पनि राखेका छन्।
