काठमाडौं, १६ भदौं–आज (आइतबार) देखि एन्फा महिला लिग सुरु हुँदैछ। अखिल नेपाल फुटबल सघ (एन्फा) ले लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

लिगको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ। उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ।

लिगमा साबिक विजेता एपिएफ क्लबसहित विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब तथा संकटा क्लब, बाग्मती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, र कर्णाली प्रदेश गरि १० टोलीको सहभागीता रहनेछ।

दुई चरणमा हुने लिगको पहिलो चरण सिङ्गल राउन्ड रोबिनामा हुने हुनेछ। सिङ्गल राउन्ड रोबिनमा ४५ खेल हुनेछन्। सिङ्गल राउन्ड रोबिनमा शीर्ष पाँच स्थनमा रहने टोलीबिच पुनः डबल राउन्ड रोबिनका आधारमा सुपर लिग खेलाइने छ। सुपर लिगमा २० खेल हुनेछन्। सुपर लिगमा उत्कृष्ट चार टोलीबिच क्वालिफायर, इलिमिनेटर र फाइनल भएपछि महिला लिग विजेताको छिनोफानो हुनेछ।

प्रतियोगिताको कुल लागत दुई करोड २४ लाख ६८ हजार रुपैयाँ रहेको छ। विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छन्। यसै गरी लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार प्रदान गरिने छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *