काठमाडौं, १८ भदौ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकको जिब्रो थुतिदिनुपर्ने भनेर दिएको अभिव्यक्ति लोकतन्त्रको सिद्धान्त विपरीत भएको बताएका छन्।

प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकमा बोल्दै उनले लोकतन्त्रको आधारभूत सिद्धान्तमध्ये वाक स्वतन्त्रता भएको पनि भएको बताए।

प्रहरी प्रमुखले आफ्नो सांगठनिक चुनौतिको सम्बन्धमा बोल्दा सरकारका प्रवक्ताले जिब्रो थुतिदिनुपर्ने भनेको भन्दै वाक स्वतन्त्रता र लोकतन्त्र यही हो भनि उनले प्रश्न गरेका छन्।

‘लोकतन्त्रको पाँच वटा आधारभूत सिद्धान्तमा पहिलो वाक स्वतन्त्रता हो। एउटा प्रहरी संगठनको प्रमुखले केही बोल्नुभयो। आफ्नो सांगठनिक केही चुनौती अभिव्यक्त गर्नुभयो भने सरकारका प्रवक्ता र मन्त्रीले त्यसलाई जिब्रो थुतिदिन्छु भन्छ भने कहाँको वाक स्वतन्त्रता र कहाँको लोकतन्त्र ?,’

सांसद मनिष झाले प्रश्न गरे, ‘हामीलाई त्यही दलसँग सम्बन्धित केही पाको अग्रजहरुले सभ्यता सिकाउनु हुन्छ भने आफ्नै मन्त्रिपरिषद्का सदस्यलाई पहिला सिकाउनुस् त्यो कुरा ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *