दमक, २३ भदौं–सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आज १५औं बार्षिक साधारणसभाको शुभारम्भ गरेको छ । दमक–६ मा कार्यालय रहेको सूर्यदर्शन सहकारी संस्थाले आइतबार भब्य समारोहबीच १५औं बार्षिक साधारणसभाको समुद्घाटन गरेको हो । कार्यालय भवनमा आयोजित १५औं बार्षिक साधारणसभालाई इकाईगत रुपमा सम्पन्न गरिन्दै लैजाने घोषणा गरिएको छ ।
सहकारी संस्थाका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेशप्रसाद ढकालको प्रमुख आतिथ्यतामा बार्षिक साधारणसभाको उद्घाटन भएको थियो ।
इकाईगत साधारणसभाको उदघाटनमा संस्थाका अध्यक्ष सापकोटाले आर्थिक वर्ष २०८०।८१ मा भएका गतिविधिहरुसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तैं, लेखा सुपरीक्षण समितिको तर्फबाट संयोजक डिल्लीराम मुखियाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।
इकाईगत बार्षिक साधारणसभामा दमक १, ८, ९, १० का सदस्यहरुको सहभागिता थियो । भोली सोमबार (भदौ २४ गते) दमक ४, ५, ६ का सदस्यहरुका लागि र २५ गते मंगलबार दमक २, ३, ७ का सदस्यहरुको उपस्थिति हुने भएको छ ।
सूर्यदर्शन सहकारी संस्थामा ६ हजार ९ सय ९४ जना सेयर सदस्यहरु छन् । संस्थाको १७ करोड ६९ लाख ४१ हजार १०० रुपैया चुक्ता सेयर पुँजी छ।
त्यस्तैं, कुल बचततर्फ १ अर्व ७७ करोड ६४ लाख ८२ हजार ८५८ रुपैयाँ, कर्जा लगानी १ अर्व ७३ करोड ३७ लाख ७१ हजार ७३१ रुपैया, बाह्य कर्जा १२ करोड ३७ लाख २६ हजार ४३ रुपैया रहेको संस्थाले निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
सहकारीले गएको वर्ष कुल आम्दानी २६ करोड ६० लाख ७४ हजार ४१६ रुपैया आर्जन गर्न सफल भएको प्रतिवेदनमा छ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १५औं बाािषर््क साधारणसभाको माइनुट लेखन र हस्ताक्षर भदौ २६ गते सम्पन्न गरिने कर्जा विभाग प्रमुख इश्वर नेपालले जानकारी दिए ।
समारोहमा दमक ६ का वडा अध्यक्ष टेकबहादुर थापा, संस्थाका कार्यकारी प्रमुख अरुण भण्डारी, जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम कोइराला, डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलाराम न्यौपाने, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई र सूर्यदर्शन सहकारी संस्थाका सचिव कमलप्रसाद नेपाल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
बार्षिक साधारणसभाको सञ्चालन सहकारी संस्थाका बजार शाखा प्रमुख राजकुमार खड्काले गर्नुभएको थियो ।
