अर्जुनधारा (झापा), २७ भदौं–पूजाको प्रसाद खाँदा एउटै टोलभरीका ५ दर्जनभन्दा बढी बिरामी परेका छन् । अर्जुनधारा–९ मा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी भएका हुन् ।

स्थानीय रिता निरौलाको घरमा लगाएको पूजाको प्रसाद खाँदा उनको घरमा आएका पाहुना र टोलवासी बिरामी भएको वडाध्यक्ष भीष्म मिश्रले बताए ।

उनकाअनुसार अर्जुनधारा–९ को खरबन्दीकी निरौलाको घरमा बुधवार पूजा लगाइएको थियो ।

पूजामा गएकाहरूले सब्जी र रोटी अचार खाएका थिए । सब्जी आचार र रोटी खानेहरू अधिकांशलाई डायरिया र बान्ता भएको छ । केहीलाई ज्वरोसमेत आएको अध्यक्ष मिश्रले बताए ।

बिरामी भएकाहरूलाई स्थानीय क्लिनिकहरूमा राखेर उृपचार गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *