मोरङ, २७ भदौं–मोरङको बुढिगंगा गाउँपालिका–५ मा करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत भागलपुर घर भएका ७५ बर्षीय कैलाश मण्डल र उनको श्रीमती ७२ बर्षीया कुमादेबी मण्डल रहेका छन ।

बुधबार बुढिगंगा–५ मा कोठा भाडामा लिई खेतीपाती गर्दै आएका दम्पत्तीले खेतमा पानी लगाउन मोटर जडान गरी ट्युवेल चलाउने क्रममा बिधुत सर्ट भइ करेन्ट लाग्दा दुबै जनाको घट्नास्थलमानै मृत्यु भएको हो ।

घटना सम्वन्धमा अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *