बिर्तामोड, २८ भदौं–बिर्तामोडमा छुरा प्रहारबाट एक जना युवती ज्यान गएको छ । छुरा प्रहारबाट इलाम सूर्योदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया मनिषा लोहारको ज्यान गएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

मनिषा हाल झापा बिर्तामोड नगरपालिका–५ पाथीभरा टोलमा डेरा गरी बस्दै आएकी छन् ।

लोहारलाई कैलाली गौरीगंगा नगरपालिका–३ निवासी २० वर्षीय अनिल विकले छुरा प्रहार गरेका हुन् । छुरा प्रहारबाट घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले युवतीलाई छुरा प्रहार गरेको देखेपछि भागेका अनिललाई अर्जुनधारा–६ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । चार दिनअघि केटीको विषयमा बिर्तामोडको किराँत चोकमा दुई समूहबीच ग्याङ फाइट भएको थियो । झडपमा एक जना घाइते भएका थिए भने तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *