सांसद राजेन्द्रलक्ष्मी गैरे

काठमाडौँ, ३० भदौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्रलक्ष्मी गैरेले चाडपर्वका समयमा उपभोक्ता ठगीमा पर्ने सम्भावना बढ्ने जनाउँदै बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा उहाँले उक्त कुरा बताउनु भएको हो। ‘मूल्य नियन्त्रण, दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति, गुणस्तरको प्रत्याभूतिलगायत विषयमा सरकारको ध्यान जानुपर्छ’, उहाँले भन्नुभयो।

प्रमुख राजमार्गमा बढ्दो सडक दुर्घटनाबाट आमनागरिक त्रसित बनिरहेको उल्लेख गर्दै सांसद गैरेले सडक सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्नु भएको छ।

व्यवस्था परिवर्तनका लागि मुलुकमा सशस्त्र द्वन्द्व भएको जनाउँदै उनले द्वन्द्व समाधानका दिशामा अघि बढिरहेका अवस्थामा पुराना घाउलाई कोट्याउने भन्दा पनि पीडितलाई न्याय र परिपुरण दिनेतर्फ ध्यान दिनुपर्ने बताउनु भएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *