दमक, ३० भदौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेश सम्पर्क कमिटीको तेस्रो बैठक भाद्र २९ गते सम्पन्न भएको छ।
सम्पर्क सभाकक्ष शान्तिनगरस्थित कमिटीका अध्यक्ष दिलीप कुमार राईको अध्यक्षतामा सचिव जनकप्रसाद दाहालद्वारा सञ्चालित बैठकमा पार्टी पोलिटब्यूरो सदस्य तथा सम्पर्क इन्चार्ज विजय गुरुङ, सम्पर्क विशेष प्रदेश कमिटीका कार्यबाहक सचिव केशर अधिकारी, आर्थिक विभाग प्रमुख तारानाथ दाहाल, केन्द्रीय परिषद सदस्य रेखा राई प्रधानले आमन्त्रित अतिथिको रूपमा मन्तव्य राख्नुभएको थियो।
सुनसरीका टेकबहादुर गुरुङलाई सल्लाहकार परिषद अध्यक्षको सपथ ग्रहणसमेत गराइएको उक्त बैठकमा सम्पर्क मञ्चहरूका अध्यक्षहरू पाँचथरका विक्रम भट्टराई, सुनसरीका भीम भुजेल, उदयपुरका प्रदीप थापा तथा भोजपुरका उपाध्यक्ष सुसन थापा र सोलुखुम्बुका सचिव सेखर किरातीले जिल्लागत रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो।
बैठकमा उपाध्यक्षहरू देवीप्रसाद रिजाल तथा गणेश कुमार खड्का, सचिव जनकप्रसाद दाहाल, उपसचिवहरू मनोजकुमार चौधरी, भीमराज राई, गंगाप्रसाद रिजाल, आर्थिक विभाग प्रमुख उषा राई, सदस्यहरू इश्वरीराज भट्टराई, सुसन आङ्बो, देवकुमार राई, प्रकाश लुइँटेल तथा एम शर्माले आफ्नो बिचार राख्नुभएको थियो।
१४ वटा जिल्ला सम्पर्क मन्चहरू मध्ये पाँचथरका लागि इश्वरी राज भट्टराई, भोजपुरमा उषा राई, सोलुखुम्बुमा देवकुमार राईलाई सम्पर्क मञ्च इन्चार्जको जिम्मेवारी दिनुका साथै सल्लाहकार परिषदमा थप मनोनयन गर्ने, विभिन्न विभागहरूको जिम्मेवारी बाँडफाँड गर्ने, आगामी दिनमा कमिटीबाट प्रकाशनको काम गर्ने तथा आगामी चाड पर्वलाई मध्येनजर गरी शुभकामना कार्यक्रमको आयोजना गर्न पहल गर्ने निर्णय गर्दै बैठक सम्पन्न भयो।
