राजेन्द्र महतो

काठमाडौं, ३ असोज–नवघोषित दल राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन गरेर नपुग्ने, पुनर्लेखन नै गर्नुपर्ने बताएका छन्।

सिमांकन हेरफेर, नागरिकताको समस्या समाधान, समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, राष्ट्रिय सभामा जनसंख्याको आधारमा प्रतिनिधित्व, विभिन्न राष्ट्रिय भाषामा सरकारी कामकाज, अविशिष्ट अधिकार प्रदेशलाई, स्थानीय तह दलविहीन, परिभाषामा सवै राष्ट्रियता समेट्नुपर्ने, अधिकार सम्पन्न प्रदेश, प्रस्तावना सच्याउनुपर्ने लगायत मधेसका मुद्दा थाती नै रहेकाले संविधानको पुनर्लेखनको खाँचो औंल्याएका हुन्।

उनले २०७२ असोज ३ गते संविधान जारी भइरहँदा एकातिर हर्ष उल्लास र अर्कोतिर मधेसमा दमन गरिएको बताएका छन्।

‘त्यसकारण आधा देशमा ब्ल्याक आउट गरिएको थियो। अर्थात् अहिलेको संविधान रक्तरंजित संविधान हो। आज हाम्रो अस्तित्व अस्वीकार गरेको दिन, हक अधिकार खोसिएको दिन, सहिदहरूको अपमान गरिएको दिन, शान्तिपूर्ण आन्दोलन अस्वीकार गरेको दिन, सहिदको वार्षिकी रहेको दिन त्यसकारण कसरी संविधान दिवस स्वीकार गर्न सकिन्छरु,’ उनले प्रश्न गरेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *