पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं, ४ असोज–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा १४ प्रदेशको आवश्यकता भएको बताएका छन्।

एक टेलिभिजनसँगको अन्तवार्तामा उनले देशमा ७ हैन १४ प्रदेशको आवश्यकता भएको बताएका हुन्।

पत्रकार ऋषि धमलाले प्रदेश खारेजीको बहस बढिरहेको छ नि भन्ने प्रश्नमा प्रचण्डले प्रदेशलाई अधिकार नदिने अनि प्रदेश खारेजीको कुरा गर्नु बेइमानी हुने बताए।

७ प्रदेश सेतो हात्ती भयो नि भन्ने प्रश्नमा प्रचण्डको उत्तर यस्तो छ।

‘हाम्रो कुरा गर्नुहुन्छ भने हामी त १४ वटा प्रदेशको पक्षमा छौं। यसमा पहिले झण्डै झण्डै सहमति भएको थियो। १४ प्रदेश नहुनेमा के छ।’

प्रचण्डले समानुपातिक निर्वाचन प्रणालीभन्दा प्रत्यक्ष निर्वाचन प्रणाली बढी महंगो भएको बताए। उनले आफूहरू पूर्ण समानुपातिक प्रणालीको पक्षमा रहेको बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *