काठमाडौँ, १५ असोज–सरकारले बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ।

बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को‍ बैठकले तीन दिन राष्ट्रिय शोकको घोषणा गरी राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

मन्त्रिपरिषद्‍ बैठकले चाडपर्वका बेला कालोबजारी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने निर्णय पनि गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *