धरमपुर, १४ असोज–झापाको शिवसताक्षी–१ धरमपुरस्थित फुलबारी रंगशालामा जारी युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिताको युवातर्फ २ र भेट्रानतर्फ १ नम्बर बिजयी भएको छ ।
आज (सोमबार) सम्पन्न भएको पहिलो खेलमा युवातर्फ वडा नम्बर २ ले वडा नम्बर ३ लाई १ का विरुद्ध २ गोल गरि बिजयी सुरुवात गरेको छ ।
खेलको २३औं मिनेटमा २ का जोन मुर्मूले पहिलो गोल गरेका थिए । त्यस्तै, खेलको ३०औं मिनेटमा विनोद खड्काले गोल गरेपछि वडा नं २ ले २ गोलको अग्रता लिएको थियो ।
खेलको ५३औं मिनेटमा वडा नं ३ ले पाएको पेनेल्टी सुटलाई सदुपयोग गर्दैै प्रवेश मगरले गोल गरेपछि खेल २–१ अन्तर हुन पुग्यो । अन्तत खेल २ नम्बर वडाले जित्यो ।
खेलको म्यान अफ द म्याच बिजेता टिमका जोन मुर्मु घोषित भए ।
त्यसैगरि, आजै भएको भेट्रानतर्फको खेलमा वडा नम्बर १ ले वडा नम्बर ११ लाई ० को विरुद्ध ६ गोलले स्तब्ध बनायो ।
खेलमा पहिलो हाफसम्म ३–० ले अगाडी रहेको वडा नम्बर १ ले दोस्रो हाफ्मा थप ३ गोल गर्दै ६–० को अग्रता बनाएपछि ११ नम्बर वडाले लज्जास्पद हार बेहोर्यो ।
खेलको ७ औ मिनेटमा जर्सी नम्बर १७ का शिव कुमार लिम्बुले गोलको खाता खोलेका थिए । त्यसपछि क्रमशः जर्सी नम्बर १६ का रुद्र बोहोराले १२औ मिनेट्म गोल गर्दै गोल अग्रता दोब्बर बनाए । पुन २२औं मिनेटमा जर्सी नम्बर २४ का आशिष गिरिले गोल गर्दै गोल अग्रता तेब्बर बनाएका थिए।
दोश्रो हाफ्को ४औ मिनेटमा जर्सी नम्वर १८ का अम्मर लक्समले गोल गरे । लगतै ८ र १६ मिनेट्मा जर्सी नम्बर २४ का आशिष गिरिले गोल गर्दै ह्याट्रिक गरे । अन्तत खेल वडा नम्बर १ ले ६–० को फराकिलो अन्तरले बिजयी भए ।
खेलको म्यान अफ द म्याच बिजेता टिमका जर्सी नम्बर १८ का अम्मर लक्सम घोषित भए ।
प्रतियोगिता अन्तरगत भोलि युवा तर्फ एक खेल हुने आयोजकले जनएको छ जस अनुसार वडा नम्बर १० र ११ बिच हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको बिजेता टिमको युवा तर्फ ५१ हजार उपबिजेता टिमले ३१ हजार र भेट्रान तर्फका बिजेता टिमले ३५ हजार , उपबिजेता टिमले २५ हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सदस्य अर्जुन राईले जानकारी दिएका छन ।
त्यस्तै प्रतियोगिताको अन्य क्याटगोरीमा पनि पुरस्कार प्रदान गरिने बताइएको छ । जसमा क्रमश म्यान अफ द सिरिज ,धेरै गोलकर्ता ,उत्कृष्ट गोलकिपर ,उतकृष्ट डिफेन्सलाई जनही नगद ५ हजार सहित मेडल ट्रफी प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ दि म्याच हुनेलाइ ट्रफी प्रदान गरिने आयोजक समितिका सम्योजक दिपक दाहालले जानकारी दिनुभयो ।
