धरमपुर, १५ असोज–धरमपुरमा जारी युवा तथा भेट्रान नकआउट वडास्तरीय फुुटबल प्रतियोगिताको मंगलबार सम्पन्न युवातर्फ शिबसताक्षी–११ लाई १ गोलले पराजित गर्दै वडा नम्बर १० बिजयी भएको छ ।
शिबसताक्षी–१ धरमपुरस्थित फुलबारी रंगशालामा आज (मंगलबार) युवातर्फ एक खेल मात्र भएको छ । उक्त खेलमा वडा नम्बर १० ले वडा नम्बर ११ लाई ० का विरुद्ध १ गोल गरि बिजयी भएको हो ।
खेलको १२औं मिनेटमा वडा नं ११ का खेलाडीबाट आफ्नै पोलतर्फ आत्मघाती गोल भएपछि वडा नम्बर १० ले १ गोलको अग्रता लिएको थियो ।
पानी झरी बिच भएको निक्कै रोमाञ्चक खेलमा दुबै टिमले गोल लगाउने राम्रा अवसरहरु पाए पनि गोललाइ जाली चुमाउन भने सकेनन अन्तत खेल १–० गोल अन्तरले वडा नम्बर १० बिजयी भयो ।
आज सम्पन्न खेलको म्यान अफ द म्याच पराजित टिमका निकेश श्रेष्ठ घोषित भए ।
प्रतियोगिता अन्तरगत भोलि युवातर्फ वडा नम्बर ७ र ५ बिच हुनेछ भने भेट्रान तर्फूवडा नम्बर २ र ४ बिच हुने खेल सम्योजक दिपक दाहालले जानकारी दिएका छ्न ।
प्रतियोगिताको बिजेता टिमको युवातर्फ ५१ हजार उपबिजेता टिमले ३१ हजार र भेट्रान तर्फका बिजेता टिमले ३५ हजार, उपबिजेता टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जानकारी दिए ।
त्यस्तै, प्रतियोगिताको अन्य क्याटगोरीमा पनि पुरस्कार प्रदान गरिने बताइएको छ । म्यान अफ द सिरिज, धेरै गोलकर्ता, उत्कृष्ट गोलकिपर, उतकृष्ट डिफेन्सलाई जनही नगद ५ हजारसहित मेडल ट्रफी प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ दि म्याच हुनेलाई ट्रफी प्रदान गरिने आर्थिक संयोजक लीलाबहादुर जोशीले बताए ।
