दमक, १५ असोज–झापाको दमक–५ वेलडाँगी रोडस्थित मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले १३औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

दमकस्थित कस्मिक पार्टी प्यालेसमा १३औ बार्षिक साधारणसभामा एकीकरण प्रमाणिकरण सभा गरि द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३औ बार्षिक साधारणसभा औपचारिक रुपमा सम्पन्न गरेको हो ।

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष दिपक खरेलको अध्यक्षतामा सभामा संस्थाले गत असोज ७ गतेदेखि शुरु गरेको इकाई गत साधारणसभामा प्रस्तुत संस्थाको बार्षिक तथा लेखा प्रतिवेदनलाई सुझावसहित एकीकृत माइन्यूट प्रमाणिकरण गरि साधारणसभा सम्पन्न गरिएको हो ।

संस्थाले गत असोज ७ मा बुधबारे सेवा केन्द्र, ८ गते विर्तामोड सेवा केन्द्र, १३ गते सुरुङा सेवा केन्द्र, ११ गते उर्लावारी सेवा केन्द्रमा इकाईगत साधारणसभा सम्पन्न गरेको थियो ।

सभा समापनमा प्रमुख अतिथि नगर उपप्रमुख भट्टराईसहित दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, जिल्ला बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष तुलाराम न्यौपाने, मेनेर्जस क्लव झापाका अध्यक्ष खोमप्रसाद बगाले लगायतले सहकारीका विविध विषयमाथि चर्चा गरेका थिए ।

कार्यक्रममा संस्थाले सहभागि अतिथिहरुलाई आर्कषक मायाको चिनो वितरण गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *