दमक, २० असोज–२६ बर्षअघि झापाको दमकमा स्थापना भएको लाइफ लाइन अस्पतालले स्वास्थ्य सेवालाई सरल र प्रभावकारी बनाउँदै सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा विस्तार गर्ने जानकारी गराएको छ ।
लाइफ लाइन अस्पतालले आज (आइतबार) अस्पतालमा आयोजना गरेको बडादशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमकाबीच यस्तो जानकारी गराएको हो ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष एबम् डाक्टर मुक्तिनाथ भट्टराईले अस्पतालले प्रसुति सेवाका लागि आउनेहरुलाई निशुल्क सेवा प्रदान गर्ने भएको जानकारी गराए ।
डाक्टर भट्टराईका अनुसार अस्पतालमा प्रसुति सेवालाई थप सुविधा पुरयाँउन निशुल्क सेवा प्रदान गर्न लागिएको हो । डा.भट्टराईले बिगतमा अस्पतालमा आमा सुरक्षा कार्यक्रम अन्तर्गत प्रसुति सेवा सम्बन्धी लामोसमयदेखि गुणस्तरिय स्वास्थ्य सेवा उपलव्ध गराउदैआएको बताए ।
अस्पतालका अध्यक्ष समेत रहनुभएका डा.भट्टराईले प्रसुतितर्फ नर्मल डेलिभेरी हुनेलाई कुनै शुल्क नलिने गरि भोलिदेखिनै पूर्णरुपमा कार्यान्वयनमा ल्याईने जानकारी दिए । लाइफ लाइन अस्पतालमा प्रसुतितर्फ प्रसुती तथा स्त्रीरोग रोग बिशेषज्ञ डा.सिता राईसहित तीन जना विशेषज्ञले सेवा पुरयाउँदै आएका छन् ।
अस्पतालले सिटीईभिटीको सम्बन्धनमा विभिन्न चारवटा प्राविधिक विषयमा पठनपाठन गर्देआएको छ । यसै वर्षको शैक्षिक सत्रदेखि आखाँ सम्बन्धी फार्मेसी सम्बन्धी तीन वर्षे प्राविधिक विषयमा पठनपाठनको तयारी भईरहेको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा अस्पताल सञ्चालक समितिका पूर्व अध्यक्ष डाकटर बालचन्द्र सुब्बा, डाक्टर तिककचन्द्र साह, प्रेम देबकोटा, प्रमुख सल्लाहकार लोकप्रसाद कन्दङवा, सञ्चालकहरु डा.नवराज सुब्बा, डा.भिम सुब्बा, भानुभक्त योङदेन लगायतकाृ उपस्थिति रहेको थियो ।
सञ्चालक देवेन्द्र भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सञ्चालक महेश्वरकुमार कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अस्पतालका डाक्टरहरु, लाइफलाइन अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रमुख बिना सुब्बा, स्वास्थ्यकर्मीहरु, कर्मचारीहरुकोसमेत उपस्थिति रहेको थियो ।
