शिवसताक्षी (धरमपुर), २० असोज–झापाको शिवसताक्षी १ धरमपुरमा जारी वडास्तरीय युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिताको युवातर्फ वडा नम्बर १ (निलो) र भेट्रानतर्फ वडा न २ बिजयी भएको छ ।
धरमपुरस्थित फुलबारी रंगशालामा आज (आइतबार) सम्पन्न भएको पहिलो युवातर्फको खेलमा आयोजक वडा न १ (निलो) ले वडा नम्बर ७ लाई १ का विरुद्ध ३ गोलअन्तरले पराजित गरेको छ ।
निक्कै रोमाञ्चक र आकर्षक खेलमा वडा न ७ ले खेल आफ्नो पक्षमा पारेर खेल प्रदर्शन गरेपनि गोल भने लगाउन सकेन । उता वडा न १ ले हाफ टाइम अगाडि २ गोल गर्यो भने हापटाइमपछि थप १ गोल गर्यो । वडा न ७ ले भने अन्तिम समयमा १ मात्र सान्त्वना गोल गर्यो ।
यो जितसंगैं वडा न १ (निलो) सेमिफाइनलमा प्रवेश गरेको छ खेल सम्योजक दिपक दाहालले जानकारी दिएका छ्न ।
उक्त खेलको म्यान अफ द म्याच बिजेता टिमका याम खेवा घोषित भए । उनले टिमका लागि २ गरेका थिए । भोली (सोमबार) को खेल युवातर्फ वडा नम्बर ८ र १ (रातो) बीच हुने भएको छ ।
भेट्रानतर्फ वडा न २ फाइनलमा प्रवेश
त्यसैगरि आजै (आइतबार) सम्पन्न भएको भेट्रानतर्फको खेलमा वडा नम्बर २ बिजयी भएको छ । वडा न २ ले वडा न ८ लाई ट्राइबेकरमा पराजित गरि दोस्रो चरणमा प्रबेश गरेको हो ।
निक्कै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयसम्म गोलरहित बराबरी भएपछी खेल ट्राइबेकरमा धकेलिएको थियो ।
ट्राइबेकरमा वडा नम्बर ८ का २ जना खेलाडीले गोल लगाउनबाट चुकेपछि ४–२ गोलअन्तरले वडा नम्बर २ ले बाजि मार्यो र फाइनलमा स्थान सुरक्षित बनाएको हो ।
उक्त खेलको म्यान अफ द म्याच बिजेता टिमका गोल किप्पर दिलबहादुर कार्की घोषित भए । उनलाई म्यान अफ द म्याच ट्रफी हस्तान्तरण गरिएको थियो ।
भोलि (सोमबार) भेट्रानतर्फको खेल वडा न १ र वडा न ९ बीच आयोजकले बताएको छ ।
प्रतियोगिताको बिजेता टिमको युवातर्फ ५१ हजार उपबिजेता टिमले ३१ हजार र भेट्रान तर्फका बिजेता टिमले ३५ हजार, उपबिजेता टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ ।
त्यस्तै, प्रतियोगिताको अन्य क्याटगोरीमा पनि पुरस्कार प्रदान गरिने बताइएको छ । जसमा क्रमश म्यान अफ द सिरिज, धेरै गोलकर्ता, उत्कृष्ट गोलकिपर, उतकृष्ट डिफेन्सलाई जनही नगद ५ हजारसहित मेडल ट्रफी प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ दि म्याच हुनेलाई ट्रफी प्रदान गरिने आर्थिक सम्योजक लिलाबहादुर जोशीले बताएका छ्न ।
