पुष्पकलम दाहाल 'प्रचण्ड'

काठमाडौं, २३ असोज–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको अप्ठ्यारो घडीमा आफू सरकारलाई गाली गर्ने पक्षमा नरहेको बताएका छन्।

सम्पादकहरूसँगको छलफलमा उनले सरकार बढी सतर्क हुनुपर्ने बताए। गत असोज १० देखि १२ गतेसम्म परेको वर्षात् र त्यसले निम्त्याएको विपत्तिमा सरकारको भूमिका कमजोर भएको जनगुनासो रहेको बताए।

‘म अहिले बाहिर भन्दा पनि यो अप्ठ्यारो घडीमा सरकारलाई गाली गर्नतिर होइन सरकार अझ बढी सतर्क होस् भन्नेमा छु,’ उनले भने, ‘सरकारबाट जति बढी भूमिका निर्वाह गर्नुपर्थ्यो, पुगेन भन्ने गुनासो छ,’ उनले भने।

विपत्तिका सुरूका दिन त सरकारका तर्फबाट धेरै नै कमजोरी भयो भन्ने गुनासो रहेको बताए । ‘तर अब चाहिँ त्यसलाई समीक्षा गरेर सक्रियतापूर्वक काम गर्नुपर्‍यो,’ उनले भने।

उक्त विपत्तिमा परेर हाल सम्म दुई सय ४६ जनाको मृत्यु भइसकेको छ। अझै १८ जना जना बेपत्ता छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *