काठमाडौं, ३० असोज–फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिनाले शानदार जित दर्ता गरेका छन्।

अर्जेन्टिनाले बोलिभियामाथि ६-० गोलको शानदार जित दर्ता गर्यो। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसीले ह्याट्रिक गरे। उनले खेलको १९, ८४ र ८६ मिनेटमा गोल गरेका थिए।

यस्तै मार्टिनेजले ४३, अल्भारेजले ४५ं३ र अल्माडाले ६९ मिनेटमा गोल गरे। यस्तै ब्राजिलले पेरुलाई ४-० गोलले पराजित गर्‍यो।

ब्राजिलका लागि राफिन्हाले पेनाल्टीबाट दुई गोल गरेका थिए।

उनले ३८ र ५४ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गरेका थिए। ब्राजिलका लागि पेरेराले ७१ र हेन्रिक्सले ७४ मिनेटमा गोल गरेका थिए। दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना १० खेलबाट २२ अङ्क जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको कोलम्बियाको १९ अंक छ।

दोस्रो स्थानको कोलम्बियाले आजै चिलीलाई ४(० गोलले पराजित गर्‍यो।

तेस्रो स्थानको उरुग्वे र चौथो स्थानको ब्राजिलको समान १६(१६ अंक छ। गोल अन्तरमा ब्राजिल पछि छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *