रवि लामिछाने

काठमाडौँ, ६ कार्तिक–सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराउँदा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको अभिव्यक्तिले अहिले कास्कीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई तनाव भएको छ।

सुरक्षा कमजोरी भएकोबारे गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सोधपुछ गरी सचेत गराएका छन्।

म्याद थपका लागि अदालतमा उपस्थित गराउने क्रममा लामिछानेले पत्रकारसँग प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारको जगमा उभिएको नेता भनेका थिए।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले लामिछाने अदालतभित्र प्रवेश गरेपछि अभिव्यक्ति आएकाले त्यो अदालतको क्षेत्राधिकारको विषय भएको बताए। उनले सुरक्षाकर्मीबाट पनि सामान्य त्रुटि भएको देखिएको पनि बताए। पाण्डेले अदालतभित्र पत्रकारहरूको प्रवेश महत्त्वपूर्ण कुरा भएको उल्लेख गरे।

‘अनुसन्धान गरेर बुझ्दा सम्बन्धित अदालत प्रशासनबाटै अनुमति लिई भित्र प्रवेश गरेर पत्रकारहरूले सोधेको भन्ने मैले पाएँ,’उनले भने, ‘त्यही रिपोर्टिङ मन्त्री र मातहतका निकायमा जाहेर गरिसकेको अवस्था छ।’ कमजोरी देखिने र नदेखिने भन्ने कुरा मूल्याङ्कनको विषय भएको उनले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *