दमक, ७ कार्तिक–झापाको दमकमा जग्गासम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

दमक– ३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा परी दमक–९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको दमक प्रहरीले जनाएको छ ।

गम्भीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको दमक प्रहरीका इन्स्पेक्टर रामभक्त आचार्यले बताए ।

मंगलबार दिउँसो ४ बजे जग्गासम्बन्धी विवाद भएको उनले जानकारी दिए ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाइ छ । जग्गासम्बन्धी विवादमा ग्याङ फाइट नै भएको दमक–३ का वडाध्यक्ष नवीन बरालले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *