मृतक देशु भनिने यामु निरौला

दमक, ७ कात्तिक–जग्गा सम्बन्धि विवादका क्रममा दमकमा मंगलबार दिउँसो हत्या गरिएका झापा, दमक–९ का ३७ बर्षिय देशु भनिने यामु निरौलाको हत्यामा संलग्नलाई चाँडो पक्राउ गरी कडा कारबाहीको माग गर्दै आज पीडित परिवारले प्रहरीमा ६ जना विरुद्ध किटानी जाहेरी दिएको छ ।

मृतक निरौलाकी श्रीमती कृष्णमाया निरौलाले हत्यामा संलग्न छ जना विरुद्ध इलाका प्रहरी कार्यालय दमकमा कर्तव्य ज्यान कसुरमा सजायको माग गर्दे किटानी जाहेरी दिएकी हुन् । जाहेरी लिन प्रहरी अधिकारीले आनाकानी गरेपछि पीडित परिवारसहित स्थानीयले दिनभरि प्रहरी कार्यालय दमक अगाडी दबाबमूलक प्रर्दशन गरेका थिए ।

दमक-३ स्थित बेलडाँगी–मधुमल्ला सडकखण्ड अन्तर्गत मावा खोला किनारको जग्गामा विवाद भएको अवस्थामा विवाद मिलाईदिनका लागि मोरङको उर्लाबारी-७ का ४९ वर्षीय ध्रुव गौतमले निरौलालाई बोलाएको अवस्थामा निरौला माथि त्यहाँ आक्रमण भएको जाहेरीमा उल्लेख गरिएको छ ।

पीडितले उहाँहरुसहित दमक-८ का बुद्धिमान थापा, इटहरीका डेविट घले, संखुवासभा माडी १० घर भई हाल दमक-३ दुम्से बस्ने २६ बर्षिय गणेश दर्जी र सोहि वडाका ३४ बर्षिय शेरवहादुर नेम्बाङ विरुद्ध किटानी जाहेरी परेको हो ।

सो घटनाको अनुसन्धानका क्रममा प्रहरीले गौतमसहित उर्लाबारी नगरपालिका-६ का ४२ वर्षीय प्रकाश कार्कीलाई बुधबार नियन्त्रणमा लिएपनि आरोपी सबैको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

मंगलबार दिउँसो अन्दाजी ४ बजे मावा खोलाको पुलमा हत्या गरेको अवस्थामा निरौलाको शव फेला परेको थियो । निरौलालाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसैबीच, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका स्थानीय नेतृत्वले छुट्टाछुट्टै विज्ञप्ति जारी गरि मृतक निरौला हत्याकाण्डमा संलग्न सबैको खोजतलास गरि हदैसम्मको सजाय दिलाउन प्रहरी प्रशासनको ध्यानकर्षण गराएका छन् ।

माओवादी र कांग्रेसले निकालेको विज्ञप्तिमा निरौलाको हत्यामा संलग्न दोषीलाई यथासिघ्र पक्राउ गरी कडा कारबाही गर्नुका साथैं नगरमा शान्ति सुरक्षा मजवुत कायम गराउन प्रहरी प्रशासनको सक्रियता आवश्यक रहेको उल्लेख गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *