धरमपुर, ८ कार्तिक–बढ्दो चोरी, दुर्घट्ना, लागुपद्धार्थको प्रयोग र कारोबारका गतिविधिहरुलाई न्यूनिकरण तथा नियन्त्रण गर्न झापाको शिबसताक्षी–१ धरमपुरका स्थानीय सरोकारवालाहरुले चासो देखाएका छन् ।

पूर्वपश्चिम राजमार्गमा पर्ने धरमपुर चौक र चौकको आसपासका स्थानहरुमा भइरहेको चोरी, दुर्घट्ना, लागुपद्धार्थको प्रयोग र कारोबार बढ्दो अवस्थामा रहेको भन्दै स्थानीयहरुले सिसी क्यामेरा र रात्रीकालिन सडकबक्ति जडान गर्ने भएका छन् ।

धरमपुर सामुदायीक विकास संस्थाको मुख्य आयोजना, स्थानीय हाँटबजार, उद्यमी, व्यापारी, व्यवसायी, र युवाहरुको सामुहिक पहलमा धरमपुर मिनी महोत्सव गरिने भएको छ । सो महोत्सवका बारेमा जानकारी, व्यवस्थापन र तयारीका बारेमा जानकारी गराउन आज (बिहिबार) धरमपुरमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

पत्रकार सम्मेलनमा धरमपुर सामुदायीक विकास संस्थाका अध्यक्ष एबम् शिबसताक्षी–१ का सामाजिक एबम् राजनीतिक अगुवा दुर्गा नेम्बाङले धरमपुर चौक र असपासको क्षेत्रमा सवै खालका अपराधिक गतिबिधिहरुलाई न्यूनिकरण र नियन्त्रणका लागि सिसी क्यामेरा र रात्रीकालिन सडकबक्ति जडान गर्न लागिएको बताए ।

नेम्बाङले कार्तिक १२ गते, सोमबारदेखि २४ गते शनिबारसम्म धरमपुरमा तिहार (दिपावली) को अवसर पारेर धरमपुर मिनी महोत्सवको आयोजना गरिएको बताए

धरमपुर मिनी महोत्सव सञ्चालन उपसमितिका संयोजक एबम् धरमपुरस्थित ओप्पा क्याफे एण्ड लजका सञ्चालक शुक्रराज नेम्बाङको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । सो उपसमितिका संयोजक एबम् व्यवसासी शुक्रराज नेम्बाङका अनुसार साँस्कृतिक महोत्सवमा आगान्तुकहरुलाई निःशुल्क प्रवेश हुने बताए ।

महोत्सवमा स्थानीय जातजातिका साँस्कृतिक पहिरनसहितका नृत्यहरु प्रस्तुत हुने भएको छ । त्यस्तैं, मनोरञ्जनात्मक खेलतामासाहरु हाउजी, पिङ, लक्की सिक्स लगायत समेत सञ्चालन हु्ने भएको छ ।

महोत्सवमा राष्ट्रियस्तरका चर्चित गायक, गायीका तथा कलाकारहरुको समेत आगमन हुने आयोजकले जनाएको छ । महोत्सवमा को–को गायक, गायीका र कलाकारहरु आउनेछन् भन्ने पत्रकार सम्मेलनमा नाम सार्वजनिक गरिएन ।

सो पत्रकार सम्मेलनमा धरमपुर सामुदायीक विकास संस्थाका उपाध्यक्ष एबम् कानून व्यवसायी ज्ञानेन्द्र तिम्सिनाका अनुसार धरमपुर मिनी महोत्सवलाई भब्य र सभ्य बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको छ । तिम्सिनाले महोत्सव सम्पन्न गर्न प्रचारप्रसार उपसमिति, भोलिन्टियर्स उपसमिति, सवारी पार्किङ व्यवस्थापन, स्टल बुकिङ तथा व्यवस्थापन लगायतका उपसमितिहरु गठन गरिएको जनाए ।

महोत्सव सम्पन्न गर्न रु १० लाख बढी खर्च हुने अनुमान गरिएको छ । महोत्सवको उद्घाटनका लागि नगर प्रमुख मेघाहाङ थोप्रा आउनुहुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा शिबसताक्षी–१ का जनप्रतिनिधि (वडा सदस्य) पूर्णजङ चेम्जोङ, चलचित्र कलाकार तथा द्धन्द्ध निर्देशक धिरज परियार, स्थानीय व्यवसायी तथा कलाकार पृथ्बी बोहोरा, युवा व्यवसायी सुमन चेम्जोङ लागयतको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *