दमक, १० कार्तिक–दमकस्थित विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको आज १३औं बार्षिक सााधारणसभा सम्पन्न भएको छ । दमक–६ मा सञ्चालित सो सहकारी संस्थाले शनिबार १३औं बार्षिक साधारणसभाको उद्घाटन समारोहमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई मान–सम्मान तथा पुरस्कृत गरिएको छ ।

संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा भएको १३औं बार्षिक साधारणसभाको उद्घाटन समारोहमा विभिन्न बिषयगत क्षेत्रमा उत्कष्ट कारोबारगर्नेहरुलाई मान–सम्मान तथा पुरस्कृत गरिएको हो ।

यसरी, पुरस्कृत हुनेहरुमा जेष्ठ सदस्यहरुतर्फ खगेन्द्रकुमार श्रेष्ठ (दमक–६), डम्बर प्रसाद लिम्बू .(दमक–१०), नर्मदा भट्टराई (दमक–५) र यामनाथ आचार्य (दमक–६) लाई खादा ओढाएर सम्मान पत्रले सम्मानित गरिएको छ ।

संस्थाका कार्यरत बजार प्रतिनिधि मिरा भण्डारीलाई यसवर्षको उत्कृष्ट कर्मचारीको रुपमा सम्मान तथा पुरस्कृत गरिएको छ ।

त्यस्तैं, बाल सुनौलो भविश्य बचततर्फ दियान मगर (दमक–६) र सिद्धार्थ गुरुङ (दमक–९) पुरस्कृत भएका छन् ।

दैनिक बचततर्फ बिपुल सुबेदी (दमक–१), कविता राई (दमक–६) र गोपाल शाह (दमक–९) पुरस्कृत भएका छन् ।

क्रमिक बचततर्फ झरना लक्सम (दमक–८), उमंग राई (दमक–१) र कृष्णप्रसाद दंगाल (दमक–८) पुरस्कृत भएका छन् ।

अनिबार्य नियमित बचततर्फ हिरा श्रेष्ठ (दमक–६) र बृन्दादेबि बास्कोटा (दमक–१० पुरस्कृत भएका छन् ।

त्यस्तैं, सहकारी संस्थाको १३औं बार्षिक साधारणसभाको उद्घाटन समारोहमा क्रमिक बाल बचततर्फ नुनाम आङ्बोहाङ (दमक–६) लाई पुरस्कृत गरिएको छ र

दैनिक असल ऋण कारोबारतर्फ कबिता बास्कोटा (दमक–९), कोपिला राई (दमक–६) र नरेश पोदार (दमक–८) लाई पुरस्कृत ग्िरएको छ भने मासिक असल ऋण कारोबारतर्फ फम्पा राई (दमक–५) र अबिनाश कास्तोला (दमक–४) पुरस्कृत भएका हुन् ।

पुरस्कृतहुनेहरुालई समारोहका प्रमुख अतिथि दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपालप्रुसाद गुरागाई र सहकारी संस्थाका अध्यक्ष अशिम राईले खादा ओढाएर सम्मान पत्रसहित मायाको चीनो प्रदान गर्नुभएको थियो ।

समारोहमा संस्थाकी उपाध्यक्ष सम्झाना सावाँले स्वागत मन्तव्य राख्नूभएको थियो । सो अवसरमा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्ष अशिम राईेले २०८०।०८१ मा भएका बिक्तिय कारोबारका लक्ष्य र योजनाहरुका बारेृमा जानकारी गराउनुका साथैं, संस्थामा आम्दानी तथा खर्चका बिबरणहरु प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तैं, सोही समारोहमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजक खेमराज पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गनर््ुभएको थियो । सोही समारोहबीच सहकारी संस्थाका ब्यवस्थापक हरिप्रसाद (दिनेश) दाहालले समग्र संस्थाका बित्तिय अवस्था, आगामी योजना, लक्ष्य र चुनौतीका बारेमा सचित्र प्रस्तुत गर्नुभएको थियो ।

समारोहमा प्रमुख अतिथि दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद गुरागाई, बिशिष्ट अतिथि दमकस्थित सर्बेश्वरी कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहनुभएका एडम ब्राण्डे«डका सञ्चालक बिजय मुकारुङ राईले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

संस्थाका सचिव सुमनकुमार राईले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य नारायणप्रसाद खरेल, युवराज दंगाल, निर्मला लावोती, सल्लाहकार संयोजक बिक्रम सुब्बा, सल्लाहकार सदस्य एबम् गोर्खाज बेंक दमक शाखा प्रमुख राजिन राई, लेखा सुपरिवेक्षण समितिका सदस्य कविता फागो, माया राई, नन्दकुमार लिम्बु लगायतको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *