डुडामारी, ११ कार्तिक–झापाको शिवसताक्षी–८ डुडामारी चौकमा अवस्थित जनआस्था बचत तथा ऋण सहकारी संस्थाले शनिबार १८औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

१८औं बार्षिक साधारणसभाको उद्घाटन समारोहमा संस्थाले असल निक्षेपकर्ता सदस्य चन्द्रकुमारी राई, असल ऋणीतर्फ सदस्य टिकाराम भण्डारी तथा जेष्ठ सदस्य यामबहादुर थापालाई पुरस्कार तथा सम्मान गरिएको छ ।

सम्मानितहरुलाई संस्थाका अध्यक्ष जयश्वर आङदेम्बे र समारोहका प्रमुख अतिथी शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमायाया कार्कीले खादा ओढाएर सम्मानपत्र र नदग प्रदान गर्नुभएको थियो ।

संस्थाको शेयर पुँजी रु ८२ लाख ३७ हजार ७००, साधारण जगेडाकोष रु ८० लाख ७३ हजार ४१८ रुपैया, बचत तथा निक्षेप रु ४२ लाख ३८ हजार १५० रुपैया रहेको संस्थाको १८औं बार्षिक सधारणसभाको प्रतिवेदनमा उल्लेख छ।

समारोहमा लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजक सन्तोष खत्रीले लेखा प्रतिवेदन प्रस्तुत गनुर्भएको थियो । त्यसैगरी, सञ्चालक समितिको तर्फबाट आर्थिक बर्ष २०८०।०८१ मा भएका बिक्तिय गतिििबधीहरको बारेमा संस्थाका अध्यक्ष आङदेम्बेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार समिति संयोजक दलबहादुर शेर्मा, स्थानीय बुद्धिजीबि राजिब घिमिरे, भगवती आधारभूत बिद्यालयका प्रधानध्यापक, नामबिन अंग्रेजी स्कुलका प्रिन्सिपल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा शिबसताक्षी–८ की महिला सदस्य टिकामाया विश्वकर्मा लगायतका शैक्षिक व्यक्ति, सामाजिक व्यक्ति उपस्थिति रहेको थियो। बार्षिक साधारणसभाको उद्घाटन समारोहका सञ्चालन संस्थाका सचिव गंगाप्रसाद ओझाले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *