काठमाडौं, ११ कार्तिक–स्पेनिस ला–लिगामा रियल म्याड्रिडमाथि ४–० को जित निकाल्दै बार्सिलोनाले एल क्लासिकोमा फराकिलो जीत हात पारेको छ। गएराति भएको खेलमा बार्सिलोनाले रियललाई घरमै स्तब्ध बनाएको हो।

जीतपछि हान्सी फ्लिकको टोली स्पेनिस ला लिगा फूटबलको शीर्ष स्थानमा रियलभन्दा ६ अंकले अगाडि पुगेको छ। बार्सिलोनाले यस सिजनमा खेलेका ११ खेलमा १० जीत र १ बराबरीको कीर्तिमान बनाएको छ।

बार्सिलोनाको ३० तथा रियलको २४ अंक भएको छ। बार्साका लागि रोबर्ट लेवान्डोस्कीले ३ मिनेटको अन्तरमा २ गोल गर्दै बार्सिलोनालाई जीततर्फ लगेका थिए। लामिन यमाल र राफिन्हाले पनि गोल थप्दै रियललाई निराश पारे।

रियल लगातार ४२ खेलमा अपराजित रहँदै बार्सिलोनाको कीर्तिमानको नजिक पुगेको भए पनि यो हारसँगै अपराजित यात्राको अन्त्य भएको छ।

यी दुईबीच एल क्लासिकोमा २५८ पटक भेट भएको छ। जसमा रियालले १०५ खेल जितेको छ भने बार्सिलोनाको नाममा १ सय १ जित छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *