काठमाडौं, ११ कार्तिक–म्यानचेस्टर सिटी इङ्गिलस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा साउथह्याम्प्टनलाई १–० गोलले हराउँदै सिटी शीर्ष स्थानमा पुगेको हो।

सिटीका लागि पाँचौ मिनेटमा इर्लिङ हलाण्डले गरेको गोल नै निर्णायक बन्यो । सिटीको नौ खेलमा २३ अङ्क भएको छ भने दोस्रो स्थानको लिभरपुलको २१ अङ्क छ।

गएराति नै भएका अरू खेलमा लेस्टर सिटीले नटिङघम फरेस्टलाई र ब्रेन्टफोर्डले इपस्वीच टाउनलाई हराए। एभर्टन र फुलहम, एस्टन भिल्ला र बर्नमाउथ तथा ब्राइटन र उल्भ्सले बराबरी खेलका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *