दमक, १५ कार्तिक–झापाको गौरादह–७ जामबारीमा एउटा गोरुको आक्रमणबाट घाईते भएका सोही ठाउँका ४८ बर्षिय कृष्ण शर्माको उपचारका क्रममा आज मृत्यु भएको छ ।
बुधबार (हिजो) घरमा आफैंले पालेको गोरुले हानेर घाईते भएका कृष्ण शर्माको नोवल अस्पताल विराटनगरमा आज (बिहिबार) भएको हो ।
बिराटनगरस्थित नोवल अस्पतालमा उपचारको क्रममा शर्माको आज अपरान्ह करिब साढे चार बजे उपचारका क्रममा मृत्यु भएको हो । गोरुले हानेर शर्माका सात वटा करङ भाँचिएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोही गोरुले हानेर शर्माका छिमेकी ४५ बर्षिय रविन राजवंशी घाईते भएका छन् ।
