स्वर्गीय हरिश्चन्द्र थापा

दमक, १५ कार्तिक–झापा निर्वाचन क्षेत्र नं ५ अन्तर्गतको प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित कोशी प्रदेश सभा सदस्य होमबहादुर थापालाई पितृशोक परेको छ ।

हाल दमक ८ निवासी थापाका बुबा हरिश्चन्द्र थापाको बिहिबार बिहान करिब साढे ६ बजे निजी निवासमा निधन भएको हो । स्वर्गीय थापाका जेठा छोरा होमबहादुर प्रदेश सभा सदस्य हुन भने कान्छा गोविन्द थापा नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।

पारिवारिक स्रोतका अनुसार मृतकका पाँच छोरा र पाँच छोरी छन् । छोराहरु होमबहादुर, बलबहादुर, बुद्दीमान, मनोज, गोविन्द थापा र छोरीहरू लिला ओली, कमला निरौला, अनिता सुवेदी, अम्बिका कार्की, योगमाया भण्डारी छन् ।

दिवंगत थापाको आज बिहिबारनै कन्काई मुक्तिघाटमा परम्परा अनुसार अन्त्येष्टी गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *