काठमाडौं, २५ कात्तिक–इंग्लिस प्रिमियर लिग लिडर लिभरपुलले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ।

गएराति एस्टन भिल्लालाई पराजित गर्दै लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ५ अंकको अग्रता बनाएको हो।

११ खेलबाट लिभरपुलले २८ अंक जोडेको छ। समान खेल खेलेको सिटीको २३ अंक छ।

एन्फिल्डमा एस्टन भिल्लालाई पराजित गर्दा डार्विन नुनेज र मोहम्मद सलाहले एकरएक गोल गरे।

नुनेजले २० औं मिनेटमा गोल गर्दा पहिलो हाफमा १(० गोलले अग्रता लिएको लिभरपुलका लागि सलाहले ८४ औं मिनेटमा निर्णायक गोल गरे।

गएरातिकै खेलमा सिटी ब्राइटनसँग पराजित भएपछि लिभरपुलले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको हो।

एस्टन भिल्ला १८ अंकका साथ आठौं स्थानमा छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *