दमक, २५ कार्तिक–झापाको कमल–२ समयगढस्थित नरवती श्रेष्ठको घर आगलागीले खरानी भएको थियो । आज (आइतबार) बिहान ३ बजेको समयमा भएको आगलागीले घरमा भएका लत्ताकपडाहरु, भाडाबर्तनहरु, खाद्यान्य सामाग्रीहरुसहित अरु धनमाल जलेर खरानी भएको थियो ।

आगलागीमा परेर बस्ने घरसम्म खरानी भएपछि पीडित नरवती श्रेष्ठलाई आज (आइतबार) नै दमक नगर ईसाई समाज बिपद् ब्याबस्थापन उपसमितिले राहत सामाग्रीहरु उपलब्ध गराएको छ । आगलागी पीडित श्रेष्ठ परिवारलाई घटनास्थलमा पुगेर दमक नगर इसाई समाजले ओढ्ने ब्लाकेट, भाडाकुडाहरु र खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको हो ।

श्रेष्ठ परिवारलाई २ थान ब्लाङकेट, झूल २ थान, १ बोरा चामल, दाल, तेल, मसेउरा, चीउरा, १ कार्टून चाऊचाउ, नून, चिनी प्रदान गरिएको दमक नगर इसाई समाजका निवर्तमान अध्यक्ष पाष्टर आकाश थुलुङ राईले जानकारी दिनुभयो ।

दमक नगर इसाई समाज बिपद् ब्याबस्थापन उपसमितिका संयोजक पास्टर युवराज गजमेरसहितको टोली आगलागी पीडित श्रेष्ठको घरैमा पुगेर राहत सामाग्रीहरु उपलब्ध गरिएको समाजका प्रेष संयोजकसमेत रहनुभएका पाष्टर डिकेन्द्र बस्नेतले जानकारी गराउनुभयो ।

राहत सामाग्री वितरण कार्यक्रममा दमक नगर ईसाई समाजका सल्लाहकार तथा अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पास्टर राजकुमार नाछिरिङ राई, निवर्तमान अध्यक्ष पास्टर आकाश थुलुङ, प्रेस संयोजक तथा पास्टर डिकेन्द्र बस्नेत, पास्टर वीरबहादुर तामाङ, अनुग्रह तामाङको उपस्थिति रहेको थियो।

कमजोर आर्थिक अवस्थाकी नरवती श्रेष्ठको परिवारमा १० जना छन् । एक कठ्ठा जमिनमा श्रेष्ठको घरसहित करेसाबारी छ । सोही घर आज (आइतबार( बिहान करीब ३ बजे बिजुली सर्ट भई आगलागी भएको थियो । सो क्रममा खाना पकाउने सिलिन्डरसमेत आगलागीमा परेर बिष्फोट भएको थियो ।

आगलागीबाट खाद्यान्न सामग्रीका साथमा हिजो (शुक्रबार)मात्रै भित्र्याएको धान पुर्णरुपमा क्षति भएको छ । श्रेष्ठका अनुसार करिब ३ लाख बराबर क्षति भएको छ । श्रेष्ठको घरसँगै रहेको अर्को घरमा समेत आगलागीबाट क्षति भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *