धरान, २६ कार्तिक–प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औं दीक्षान्त समारोहमा आज (सोमबार) ६ सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिष्ठानका सन् २०१० देखि २०१७ व्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएडी उपाधी हासिल गरिसकेका विद्यार्थीहरुलाई कुलपति ओलीबाट दीक्षित गरिएको हो ।

भारतका शिक्षाविद प्रा डा ज्योतिर्मोय पलँ प्रमुख अतिथि रहेको कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी थिए।

कार्यक्रममा प्रतिष्ठानले प्रदान गदै आएको विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीहरूलाई वितरण गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *