फाइल तस्विरः दिपक मनाङे

काठमाडौं, २७ कार्तिक–ज्यान मार्ने उद्योगमा प्रक्राउ परेका दिपक मनाङेलाई अदालतमा पेश गरिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई मंगलबार बिहान पक्राउ गरेपछि हतकडि लगाएर जिल्ला अदालत काठमाडौंमा पेश गरिएको हो।

आजै उनी कारागार चलान हुनेछन्। गत कार्तिक २० गते सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाइएको थियो। मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ ९ख०बाट निर्वाचित स्वतन्त्र सांसद हुन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *