काठमाडौं, ३० कार्तिक–प्रधानमन्त्री केपी शर्मा ओली चीनभन्दा अगाडि भारत भ्रमण जाने भएका छन् । प्रधानमन्त्री ओली चीन जानुअघि भारत भ्रमण निश्चित भएको र मिति तय गर्ने तयारी भइरहेको बताइएको छ । प्रधानमन्त्री ओली आउँदो डिसेम्बर पहिलो साता भारत जान सक्ने बताइएको हो ।

भारतबाट फर्किएपछि मात्रै प्रधानमन्त्री चीन जानेछन् । भारत भ्रमण निश्चित भएको पुष्टि गर्दै तयारी अन्तिम चरणमा पुगेको प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

करिब १५ दिनको तयारी समय राखेर दुवै पक्षले मिति सार्वजनिक गर्नेछन् । आज नोभेम्बर १५ भइसकेकाले केही दिनमै मिति सार्वजनिक गरिने स्रोत बताउँछ ।

प्रधानमन्त्रीको भारत भ्रमणका कारण चीनतर्फको भ्रमण केही पर धकेलिन पनि सक्ने छ । उत्तरी छिमेकी चीनबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको औपचारिक निम्तो प्राप्त भइसकेको छ ।

चिनियाँ पक्षले यसअघि नै भ्रमणका लागि १७–२१ मंसिर ९२–६ डिसेम्बर० को मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अमेरिकाको न्युयोर्कमा गत असोज ७ गते द्विपक्षीय भेटवार्ता भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *