मकवानपुर, २२ मंसिर । मकवानपुरको हेटौंडामा शौचालय (ट्वाइलेट) मा लडेर एक बालिकाको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका–५ सिँचाइटोलमा बुवासँगै डेरामा बस्ने महोत्तरी एकडाँडा गाउँपालिका–३ अजमरपटीकी पाँच वर्षीया बालिका सिरिशाकुमारी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिरिशा शुक्रबार राति साढे ९ बजे ट्वाइलेट गएकी थिइन् । उनी ट्वाइलेटमा लडेपछि टाउकोमा चोट लागेको थियो ।
राति नै हेटौडा अस्पताल पुर्याइए पिन चिकित्सकले मृत घोषणा गरेका थिए । शव हेटौंटा अस्पतालमै राखिएको छ ।
