काठमाडौँ,२२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनी गत बुधवारर प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका थिए। उनको सोही दिन प्रोस्टेटसम्बन्धी शल्यक्रिया भएको हो।

अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी आज अपराह्न डिस्चार्ज भएका जानकारी दिएका छन्।

यसैबीच, राष्ट्रपति पौडेलले आफ्नो उपचरमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका अन्य कर्मचारीलगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति आभार व्यक्त गरेका राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *